जनकपुरधाम । महोत्तरीमा स्वर्गीय विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको छ ।
जिल्लाको जलेश्वर रंगशालामा आगामी चैत २२ गतेबाट ५० ओभरको पालिका स्तरिय क्रिकेट म्याच हुने जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन कुमार सिंहले जानकारी दिए ।
जिल्लाको १५ वटै पालिकालाई समावेश गराएर गाउँ–गाउँ, टोल–टोलबाट नयाँ उर्जावान, गुणवान खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष सिंहले बताए ।
उनले यस प्रतियोगितामा करिब ३२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । आयोजकले उक्त प्रतियोगितामा विभिन्न पालिकाबाट खेलाडीहरुको टिम भाग लिने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार, दोस्रो हुने हुने टिमलाई ५१ हजार नगदसहित ट्रफी, मेडेल र सर्टिफिकेट प्रदान गरिने जनाइएको छ ।
त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीलाई २० हजार, वेस्ट व्याट्समानलाई १० हजार, वेस्ट वलरलाई १० हजार, इमर्जिङ्ग प्लेयरलाई १५ हजार तथा म्यान अफ द म्याच हुनेलाई २ हजार पाँच सयको दरले प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया