जनकपुरधाम । भारतबाट चोरी पैठारी गरी ल्याइएका बोइलर कुखुरा प्रहरीले नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटेको गस्ती टोलीले लाखौं मुल्य बराबरको कुखुरा नष्ट गरेको हो ।
भारतबाट नेपाल ल्याउँदै गरेको ६ वटा मोटरसाइकलसहित करिव २ लाख भन्दा बढि मूल्य बराबरको साढे ५ सय बोइलर कुखुरा जिल्लाको विभिन्न नाकाबाट भित्र्याइरहेको अवस्थामा नियन्त्रणमा लिई आज नष्ट गरिएको सशस्त्र प्रहरीका उपरीक्षक नरेन्द्र सेनले जानकारी दिए ।
सशस्त्र प्रहरीले पशु क्वारेन्टाइन कार्यालय तथा पशु चिकित्सकको उपस्थितिमा सो कुखुरा नष्ट गरेको उनले बताए । भारतबाट पशुपक्षी जन्य पदार्थको ओसारपसार तथा चोरी पैठारीमा पूर्णरुपमा निषेध रहेपनि सीमावर्ती भारतीय क्षेत्रबाट भित्र्याउने काम भने जारी नै रहेको देखिएको छ ।
भारतमा पनि वर्डफ्लु देखिएपछि प्रहरीले सीमा नाकामा कडाइका साथ चेकजाँचसहित गस्ती बढाएको हो ।
प्रतिक्रिया