ताजा समाचार


ओली सकुनीको भूमिकामा रहेको प्रचण्डको टिप्पणी

द रियल समाचार     २०७७ फाल्गुन १५, शनिबार, १६: १० मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै पूर्वसहकर्मी एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकुनीसँग तुलना गरे ।

उनले भने, ‘ओली ज्यूले जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए । सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ ।’

उनले आफूहरु नै आधिकारिक पार्टी भएको भन्दै जनतालाई प्रष्ट पार्न पार्टीनिकट शिक्षकहरुसँग आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top