ताजा समाचार


विप्लव समूहका जिल्ला जनसत्ताप्रमुखसहित सप्तरीबाट ३ जना पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन १५, शनिबार, १४: १४ मा प्रकाशित




सप्तरी । नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला जनसत्ताप्रमुखसहित सप्तरीबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडग नगरपालिका–३ बानरझुला बस्ने सो समूहका सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदयनाथ मण्डल तथा सिरहा बिष्णुपुर गाउँपालिका–१ का रामकृष्ण मण्डल रहेका छन् ।

प्रहरीले उदय मण्डललाई राजविराजस्थित उनको घरबाटै शुक्रबार साँझ पक्राउ गरेको थियो । त्यसपछि थप दुई जनालाई पनि शुक्रबार राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेकाकाहरु पछिल्लो समय विभिन्न व्यापारी, कार्यालय प्रमुख र जनप्रतिनिधिहरुलाई चन्दा माग गर्ने, धम्की दिने गरेको सूचना आएपछि निगरानीमा राखिएको र उनीहरुका बारेमा आएको सूचना सत्य पाइएपछि नियन्त्रणमा लिइएको डीएसपी साहले बताए ।

उनीहरुबाट चन्दा माग गर्न प्रयोग गर्ने सिमसहितको १ थान मोबाइल, अन्य सिमसहितको ३ थान मोबाइल र केही दस्तावेजहरु बरामद गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top