जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आसन्न निर्वाचनका लागि ‘निर्वाचन समिति २०७७’ गठन गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर तथा गत फागुन १३ गतेको परिपत्र अनुसार आज बसेको महासंघ धनुषा शाखाको कार्यसमिति बैठकले वरिष्ठ पत्रकार बिश्वमनी (बिएम) खनालको संयोजकत्वमा तिन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा वरिष्ठ पत्रकार तोरण कुमार कार्की तथा अधिवक्ता राजकुमार महासेठ छन् । महासेठ महासंघ धनुषा शाखाको कानुनी सल्लाहकार समेत हुन । चैतको पहिलो साता महासंघको तिनै तहको निर्वाचन जिल्ला जिल्लाबाटै हुन गइरहेको छ ।
केन्द्र, प्रदेश तथा जिल्ला तिनै तहको निर्वाचनका लागि जिल्ला शाखाहरुले निर्वाचन समिति गठन गरिरहेको छ । जिल्लाकै निर्वाचन समितिले तिनै तहको निर्वाचन गरि मत परिणाम सार्वजनिक गर्ने छ ।
देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले समेत पहिलो पटक तिनवटै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्न लागेको हो ।
प्रतिक्रिया