ताजा समाचार


क्रिस गेल २ वर्षपछि राष्ट्रिय टोलीमा

द रियल समाचार     २०७७ फाल्गुन १५, शनिबार, १३: २७ मा प्रकाशित




एजेन्सी । वेस्टइन्डिजका बिस्पोटक ब्याट्सम्यान क्रिस गेल करिब २ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । उनलाई वेस्ट इन्डिज क्रिकेट बोर्डले श्रीलंका विरुद्धको टि–२० सिरिजका लागि टिममा बोलाएको हो ।

सन् २००६ मा न्युजिल्यान्डविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका ४१ वर्षीय गेलले पछिल्लोपटक सन् २०१९ मा इङ्ल्यान्डविरुद्ध टि–२० खेलेका थिए ।

तिब्र गतिका बलर फिडेल एडवड्सले पनि करिब ९ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । सन् २००३ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका उनले पछिल्लोपटक सन् २०१२ मा श्रीलंकाविरुद्ध टि–२० खेलेका थिए ।

३ खेलको टि–२० सिरिजका लागि कायरन पोलार्डको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको छ । सिरिज अन्तर्गतको पहिलो खेल मार्च ३ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top