ताजा समाचार


काँग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

द रियल समाचार     २०७७ फाल्गुन १५, शनिबार, ११: ५४ मा प्रकाशित




काठमाण्डौ । मस्तिष्कघातले स्वास्थ अवस्था जटिल भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

यद्यपि नेता जोशीको होस भने अझै खुल्न सकेको छैन् । उपचारमा संग्लन डाक्टर राजीव झाका अनुसार शनिबार बिहान जोशीको अवस्थामा शुक्रबार भन्दा सुधार भएको छ ।

नेता जोशीका दाजु राजु जोशीका अनुसार डाक्टरले उक्त जानकारी परिवारलाई दिएका छन् । शुक्रबार दिउँसो प्रेससँग कुरा गर्दै डा.झाले जोशी बच्ने सम्भावना कायमै रहेपनि अवस्था अत्यन्तै जटिल रहेको बताएका थिए ।

उनको मस्तिष्कको नशा फुटेर रगत छरिएकाले अवस्था जटिल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top