जनकपुरधाम । नेपाल यातायात श्रमिक संघ धनुषाको अध्यक्षमा श्री राम यातायात प्रा.ली.का सञ्चालक राम दुलार महतो (राम सिंह) लाई चयन गरिएको छ ।
राजावादीहरुको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आफ्नो जिल्ला संघको धनुषा अध्यक्षमा सिंहलाई चयन गरेको हो ।
जनकपुरधामस्थित रामानन्दचोकमा श्री राम यातायात प्रा.ली.को माध्यमले जनकपुरधामबाट काठमाण्डौं सहित देशको विभिन्न शहरहरुमा यातायात सेवा प्रदान गर्दै आएको सिंहले संघको अध्यक्षको जिम्मेवारी पाएका हुन ।
जिम्मेवारी ग्रहण गरेपश्चात सिंहले भने, ‘यातायात श्रमिकहरुको हकहितका लागि सधैं तत्पर रहने छु ।’ सिंह जनकपुरधामको यातायात व्यवसायीहरुमा सक्रिय युवा व्यवसायी हुन ।
प्रतिक्रिया