पर्सा । अनलाइन मार्फत पैसा ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् । विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र इसेवाबाट उनीहरुले १ लाख ८४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।
उनीहरुबाट पीडित ६ जनाले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिएको उजुरीको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया