ताजा समाचार


प्रदेश २ का चार जिल्लाका प्रजिअ फेरिए

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १६: ४५ मा प्रकाशित




काठमाण्डौ । गृहमन्त्रालयले प्रदेश २ का चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिव गरी ५२ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ ।

गृहमन्त्रालयले शुक्रबार निकालेको सरुवा विवरण अनुसार ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत तिर्थराज भट्टराईलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सरुवा गरिएको छ । महोत्तरीका प्रजिअ केशवप्रसाद विमलीलाई गृहमन्त्रालयमा काज सरुवा गरिएको हो । प्रजिअ फनिन्द्रमणि पोखरेललाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जिल्ला प्रशासन कार्यालय सप्तरी पठाइएको छ । सप्तरीका प्रजिअ शंकरहरि आचार्यलाई गृहमन्त्रालयमा काज सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रजिअ नारायणप्रसाद भट्टराईलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीमा खटाइएको छ भने सर्लाहीका प्रजिअ सुरेन्द्र पौडेललाई जिल्ला प्रशासन कार्यालय बारामा सरुवा गरिएको छ । बाराका प्रजिअ दिपकराज नेपाललाई जिल्ला प्रशासन कार्यालय स्याङजा पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top