ताजा समाचार


फागुन २२ वा २३ गतेभित्र संसद अधिवेशन बोलाइने

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १६: ०८ मा प्रकाशित




काठमाण्डौ । सरकारले आगामी फागुन २२ वा २३ गतेभित्र संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने अवस्था रहेकोले सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आह्वान गर्न सिफारिस गर्न लागेको नेताहरुलाई बताएका छन् ।

ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।

त्यस्तै संसद बैठक आह्वान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने ओली पक्षको तयारी रहेको सो पक्षका नेताहरुले बताएका छन् । शुक्रबार ओलीले बालुवाटारमा आफु निकटका नेताहरूसँगको भेटमा पार्टीभित्र समस्या रहेको भन्दै आफुले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको भन्दै अब आउने चुनौतीलाई सामना गर्दै जाने बताएका थिए ।

ओलीले आफु निकटका नेताहरुलाई ब्रिफिङ गर्ने क्रममा फागुन २२ वा २३ मा संसद बैठक बस्ने बताए । उनले भने,‘बैठक पश्चात जसले हटाउन खोजेको हुन,उनीहरु कुन रणनीति अनुसार प्रस्तुत हुन्छन्,हामी पनि त्यही अुनसार अघि बढिछौं, प्रतिवाद गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top