ताजा समाचार


पूर्वमन्त्री जोशीको अवस्था गम्भीर

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १५: ५७ मा प्रकाशित




काठमाण्डौ । मस्तिष्कघात भई उपचाररत रहेका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर भएको छ ।

बिहीबार राति मस्तिष्कघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको छ ।

पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ भएको उनका दाजु राजुराज जोशीले बताए । उनले जोशीको अवस्था स्थिर भएपनि अहिले केही भन्न नसकिने जानकारी दिए । चिकित्सकहरुले पनि जोशीलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए । तर पनि उनको स्वास्थ्यमा सुधारको संकेत नदेखिएको उनीहरुले जानकारी दिएका छन् ।

जोशीका अर्का सहयोगीका अनुसार अवस्था गम्भीर छ । ’अवस्था नाजुक रहेको जानकारी अस्पतालबाट आएको छ’, उनले भने, ’उहाँ पूरै अचेत अवस्थामा रहेको सुनेको छु ।’ जोशीको अवस्था गम्भीर भएको जानकारीपछि उनका शुभचिन्तक र परिवारका सदस्य चिन्तित भएका छन् ।

उनको मस्तिष्कको नशा फुटेर रगत छरिएकाले अवस्था जटिल बनेको चिकित्सकहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top