ताजा समाचार


भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १४: ५२ मा प्रकाशित




एजेन्सी । भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ ।

यी स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलबाट आएका हुन् । देशभर नयाँ स्ट्रेनबाट संक्रमित भएका १९४ मामिला पत्ता लागेका छन् ।
देशमा संक्रमितको संख्या बढ्न थालेपछि १८ राज्यमा निगरानी सुरु गरिएको छ । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले नयाँ स्ट्रेनसँग जोडिएका संक्रमित र उनीहरुको सम्पर्कमा आएको बारेमा जानकारी मागेको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियेन्ट पाइएको छ । ६ जनामा दक्षिण अफ्रिकाको र एकजनामा ब्राजिलको स्ट्रेन पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले यी राज्यमा अन्तर्राष्ट्रिय यात्रुमाथि निगरानी बढाएको छ । यसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब जस्ता राज्य शामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top