ताजा समाचार


जोशीको मस्तिष्कको शल्यक्रिया सम्पन्न

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १४: २६ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका नेता एवं पूवमन्त्री नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया सम्पन्न भएको छ ।

मस्तिष्कघात भएपछि शुक्रबार बिहान ५ बजे नर्भिक अस्पताल भर्ना भएका जोशीको बिहानै शल्यक्रिया गरिएको उनका दाजु राजुराज जोशीले जानकारी दिए । उनले शल्यक्रियापछि जोशीलाई भेन्टिलेटरमा राखिएको छ ।

उनले भने,‘अप्रेसन सम्पन्न भएको छ, तर डाक्टरहरुले अहिलेसम्म अवस्था खतरामुक्त छ भनेर भन्नुभएको छैन् ।’ उनको मस्तिष्कको केही भागमा रगत देखिएका कारण उनको तत्काल अप्रेसन गरिएको अस्पतालले जनाएको छ ।

जोशीको उपचारमा न्युरोसर्जन डा.राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top