ताजा समाचार


सिरियामा भएको हवाई कारबाहीमा इरान समर्थक १७ लडाकू मारिए

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १३: १६ मा प्रकाशित




एजेन्सी । सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक १७ लडाकू मारिएको ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जनाएको छ ।

इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ ।

अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थियो ।

यस समाचारको बिस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top