ताजा समाचार


साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १२: ५७ मा प्रकाशित




काठमाण्डौ । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।

संसद पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नसक्ने संभावना रहेको छ ।

गत फागुन ११ गतेको सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top