ताजा समाचार


न्युन गुणस्तरका ८ ब्रान्डका औषधि बिक्री वितरणमा रोक

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, १२: ४७ मा प्रकाशित




काठमाण्डौ । न्युन गुणस्तरका ८ ब्रान्डका औषधि बिक्री वितरणमा रोक लगाइएको छ ।

औषधि व्यवस्था विभागले न्युन गुणस्तरका औषधि उत्पादन गरेको भन्दै ८ ब्रान्डका औषधि बिक्री वितरणमा रोक लगाएको हो ।

७ औषधि उत्पादक कम्पनीहरूले न्युन गुणस्तरका औषधि उत्पादन गरेकाले त्यस्ता औषधीको बिक्री वितरणमा विभागले रोक लगाएको जनाएको छ ।

प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको लेपिलेज १०, म्याग्नुस फर्मा बाराले उत्पादन गरेको आइरोगोनल–२००, एमटेक मेडले काठमाण्डौले उत्पादन गरेको आइनक्स, भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन, बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान–२०० को बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top