ताजा समाचार


चैत २० गतेदेखि हात्तीपाईलेको औषधि खुवाइने

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, ११: ४७ मा प्रकाशित




काठमाण्डौ । चैत २० गतेदेखि हात्तीपाईलेको औषधि खुवाउन लागिएको छ ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा आम औषधि खुवाउन लागिएको हो ।

फागुन २९ गतेदेखि औषधि खुवाइने तय भएपनि कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ,पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा चैत २० गतेदेखि मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top