ताजा समाचार


टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन १४, शुक्रबार, ११: ३८ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौको दक्षिणकालीमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिँदा मकवानपुरको भिमफेँदी-८ का ३५ वर्षीय सन्तलाल लुम्बाको मृत्यु भएको छ ।

हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top