ताजा समाचार


उच्च अदालत जनकपुरको वार्षिक लक्ष्य एवं प्रगति विवरण सार्वजनिक

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १९: ०५ मा प्रकाशित




जनकपुरधाम । उच्च अदालत जनकपुरले वार्षिक लक्ष्य र सोको प्रगति विवरण सार्वजनिक गरेको छ । जसअनुरुप उच्च अदालतले लक्ष्य अनुरुप मुद्दाहरुको फर्छयौट गर्न नसकेको देखिएको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यको २५.५ प्रतिशत मुद्दाहरु मात्रै उच्च अदालत जनकपुरले फर्छयौट गर्न सकेको हो । चालु आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छयौट गर्ने लक्ष्य रहेको मध्ये माघ मसान्तसम्ममा मात्र २ हजार ३ सय ४५ मुद्दा फर्छयौट गर्नुपर्ने थियो । यद्यपि अदालतले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ५ सय ९८ मुद्दाहरु मात्रै फर्छयौट गर्न सकेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खङ्गराज अधिकारीले जानकारी दिए ।

कोरोना महामारी र जनशक्ति अभावका कारण मुद्दाहरु फर्छयौट गर्न कठिनाई भईरहेको अधिकारीले बताए । उनले समयमा मुद्दाहरु फर्छयौट हुन नसक्दा मुद्दाका चाप समेत बढ्दै गईरहेको बताए । उच्च अदालत जनकपुरमा ९६ जना कर्मचारीको दरबन्दी रहेकोमा ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको उनले दुःखोसो सुनाए । रजिष्ट्रार अधिकारले जनशक्ति अभाव भएकै कारण कानूनी ज्ञानमा पोख्त नभएका कर्मचारीहरुसँग समेत काम निकाल्नु पर्ने बाध्यता रहेको बताए ।

उनले उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेको जानकारी दिए । त्यस्तै उच्च अदालत जनकपुरमा २०७७ साउनदेखि माघ मसान्त सम्मको पेशी संख्या ६ हजार ८०८, पक्षबाट स्थगित ६१५, कानून व्यवसायीबाट स्थगित १ हजार ६८३, हेर्न नभ्याइएको १ हजार २३०, हेर्न नमिल्ने ३५, सरकारी वकिलबाट स्थगित ५०४, फैसला भएको ५९८ र आदेश गरिएका २ हजार १३९ वटा मुद्दाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top