जनकपुरधाम । मैथिली बिकास कोषले आधुनिक सुविधा सम्पन्न भवन निर्माणका लागि बिहीबार जनकपुरधाम उपमहानगरपालिका–८ मा शिलान्यास गरेको छ ।
३ कठ्ठा जग्गामा करिब ५ करोड रूपैयाँको लागतमा सुविधा सम्पन्न तीनतल्ले भवन बनाउने लक्ष्यकासाथ जनकपुरधाम–८ स्थित सीताकुण्डको जग्गामा शिलान्यास गरेको हो ।
कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भवन निर्माणका लागि शिलान्यास गरेका छन् । कोषलाई भवन निर्माणका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयले तत्काल ३० लाख रूपैयाँ सहयोग गरेको र थप सहयोग गर्न पनि प्रदेश सरकार सकारात्मक रहेको अध्यक्ष चौधरीले बताए ।
शिलान्यास कार्यक्रममा नेकपा प्रदेश २ को संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव, जसपाका प्रमुख सचेतक परमेश्वर साह, कोषका संस्थापक अध्यक्ष एवं बरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमललगायत समाजका विभिन्न विशिष्ठ व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया