ताजा समाचार


नेकपाको नामको विवादमा सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १८: ०७ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको विषयमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेको हो । सुनुवाई सकिएपनि निर्णय भने फागुन २० गतेका लागि तोकिएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गरिदिएपछि उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट ०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

आफ्नो पार्टीसँग मिल्ने गरी नाम दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा २ वर्ष पहिले नै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top