ताजा समाचार


औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १७: ५६ मा प्रकाशित




विराटनगर । औषधि व्यवस्था विभागका एक फार्मेसी अधिकृत २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई विराटनगर महानगरपालिका–३ बाट २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट गएको टोलीले विराटनगरस्थित एक होटलबाट बन्द फार्मेसी पुनः सञ्चालनको अनुमति दिने बिषयमा घुस लेनदेन गरिरहेको क्रममा सुवेदीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top