बुटवल । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवामा कार्यरत एकजना इन्स्पेक्टर र सशस्त्र प्रहरी नायव निरीक्षक ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित टोलीले गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख, इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई आज पक्राउ गरेको हो ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको बुटवलस्थित आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।
दुवैजनाले काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।
प्रतिक्रिया