ताजा समाचार


शिक्षकलाई तलब दिनुपर्ने माग गर्दै बिद्यार्थीले विद्यालयमा गरे तालाबन्दी

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १६: ५७ मा प्रकाशित




सिरहा । शिक्षकलाई तलब दिनुपर्ने माग गर्दै बिद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा बिद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

विगत एक वर्षदेखि शिक्षकहरुले तलब नपाउँदा उनीहरु समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार जना शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको एक बिद्यार्थीले बताए ।

बिद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ।

यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएको गुनासो गरे ।

तस्बिर:सांकेतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top