ताजा समाचार


जसपासँग मिलेर जान दाहाल-नेपाल समूहको आग्रह

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १२: ५८ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसदको तेस्रो ठुलो दल जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ ।

उनीहरुबिचको छलफलमा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग मिलेर जाने प्रस्ताव राखेका छन् ।

संसद पुनर्स्थापना भएसँगै सबै दलहरुसँग छलफल तिब्र बनाएको दाहाल-नेपाल समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् ।

जसपा बरिष्ठ नेता राजेन्द्र महतोले भने,‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो, हामीले प्रधानमन्त्री केपी ओलीको प्रतिगमन त सच्चियो तर, संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’

नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।

यसअघि दाहाल-नेपाल समूहका नेताहरुले हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै दाहाल-नेपाल समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top