एजेन्सी । भारतमा पछिल्ला दिनहरुमा कोरोनाभाइरसबाट ठिक हुनेभन्दा संक्रमित हुनेको संख्या बढिरहेको छ । १३ वटा राज्यहरुमा यो समस्या देखिएको हो ।
भारतमा कोरोना संकट फेरि बढ्न थालेको अनुमान गरिएको छ । केही राज्यले पुन: नयाँ प्रतिबन्ध समेत लगाउन थालेका छन् ।
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट समेत भेटिएको रिसर्चले जनाएको छ ।
भारतीय एक संस्थाका अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका ७ हजार ६ सय ८४ प्रजाति फेला परिसकेको छ । ति मध्ये अहिलेसम्म ६१ नयाँ कोरोनाभाइरस भारतमा मात्र देखिएको हो ।
प्रतिक्रिया