ताजा समाचार


सिरहास्थित सामुदायिक वनमा एक महिलाको शव फेला

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १०: ३७ मा प्रकाशित




सिरहा । सिरहास्थित सामुदायिक वनमा एकजना महिलाको शव फेला परेको छ ।

जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर-७ स्थित हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार पहिचान खुल्न नसकेकी अन्दाजी ३० वर्षीया मृतक महिलाले रातो कुर्ता, हरियो सुरुवाल र पाउजु लगाएकी छन् ।

स्थानीय गोठालाहरुले जंगल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि लहान लगेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको तथा मृतकका आफन्तको खोजी समेत भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top