ताजा समाचार


ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, ०९: ५९ मा प्रकाशित




हेटौंडा । हेटौंडामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको हो ।

ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको टेम्पोलाई ठक्कर दिँदा हेटौंडा-११ थानाभर्‍याङ बस्ने ३६ वर्षीय टेम्पो चालक खेमलाल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिए र घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top