ताजा समाचार

ट्रेन्डिङ :

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, ०९: ४९ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्न लागेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि काँग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा काँग्रेस निर्णायक देखिएको छ ।

प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

त्यसैले काँग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका ६१ जना सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top