ताजा समाचार


ओली समूहको स्थायी कमिटी बैठक स्थगित

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, ०९: ३३ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज बिहान साढे ८ बजे बस्ने भनिएको सो बैठक गृहकार्य गर्नुपर्ने भन्दै स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनले अब एक/दुई दिन पश्चात बैठक बस्ने बताए । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रिय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top