ताजा समाचार


इक्वेडरमा तीनवटा जेलमा दङ्गा भड्किँदा ७५ जनाको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, २१: ४३ मा प्रकाशित




एजेन्सी । इक्वेडरमा तीनवटा जेलमा दङ्गा भड्किँदा ७५ जनाको मृत्यु भएको छ । दंगामा परेर अन्यौ सयौँ घाइते भएका छन् ।

पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तैगरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको हो ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले बताए ।

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको छ ।
गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए ।

गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदीको मृत्यु भएको थियो ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top