ताजा समाचार


जनकपुरधाममा आगामी बैशाखमा रामकथा प्रवचन हुने

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १८: ०० मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाममा आगामी बैशाख २० देखि २८ गतेसम्म श्री रामकथा प्रवचनको आयोजना हुन लागेको छ ।

श्री राम कथाकार विद्वान मुरारी बापुद्वारा ९ दिनसम्म यहाँ रामकथा प्रवचन हुने मिति तय भएको हो । मुरारी बापुको मुखारविन्दुबाट हुने रामकथाका लागि तीन स्थानको स्थलगत निरिक्षण गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरीले जानकरी दिए ।

उनले रामकथा स्थलको लागि जानकी मन्दिर प्रांगन, बारहविघा मैदान र तिरहुतिया गाछिलाई आयोजकहरुले निरिक्षण गरेको बताए । ति तीनवटै ठाउँमा सबभन्दा बढी उपयुक्त तिरहुतिया गाछि रहेको ठहर गरिएको छ ।

यसपाली आयोजन हुनलागेको राम कथाका मुख्य अजमान भारत मुजफ्फरपुर निवासी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top