काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले फागुन २२ गतेदेखि काठमाण्डौ मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
प्रतियोगितामा अघिल्लो महिनासम्पन्न प्रधानमन्त्री कपमा सेमिफाइनलिस्ट टोलीहरु त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाण्डौं महानगरपालिकाको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन २२ देखि २९ गतेसम्म चल्ने प्रतियोगिता टियू क्रिकेट मैदान र मुलपानी मैदानमा हुने क्यानले जनाएको छ । काठमाण्डौ महानगरको टोलीमा सबै प्रदेशका खेलाडीहरु समावेश गरिनेछन । प्रतियोगिता एकदिवसीय फम्र्याटमा हुने आयोजकले जनाएको छ ।
मेयर कप क्रिकेट आयोजना गर्न काठमाण्डौ महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने सम्झौता गरेको थियो ।
प्रतिक्रिया