ताजा समाचार


डा.गोविन्द केसीको अनसन स्थगित

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १७: ०८ मा प्रकाशित




काठमाण्डौ । आजदेखि अनसन बस्ने घोषणा गरेका डा.गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेसँगै उनले अनसन स्थगित गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्ने डा.केसीको घोषणा थियो । प्रतिनिधिसभा विघटन बदर भएसँगै केसीले पत्रकार सम्मेलन गर्दै आज अनसन स्थगित गरेको जानकारी गराए ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज पारिदिएकाले सत्याग्रह स्थगित गरेको जानकारी गराएका छन् ।

यद्यपि, चिकित्सा क्षेत्रका विभिन्न सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान तथा नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान जारी रहने उनले बताएका छन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top