जनकपुरधाम । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको बताएका छन् ।
नेपाली काँग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर खडा गरेको गम्भीर खतराबाट सर्वोच्च अदालतको फैसलाले देश जोगिएको बताए ।
उनले भने,‘ यो निर्णय नआएको भए नेपालमा जेपनि गर्न पाइने एउटा नजीर खडा भई विश्वसामु न्याय कानुन नभएको देशको नामले गलत पहिचान साबित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।’ पौडेलले न्यायालयले संबिधानसम्मत ढंगबाट लिएको निर्णयले तानाशाह प्रवृतिको अन्त्य भएको बताए ।
नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुलाई उनले पार्टी बिधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक संगठन विस्तारसँगै देश जोगाउनेदेखि प्राप्त उपलब्धिहरुको रक्षा समेतको भूमिका खेल्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया