काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन तयार भएका छन् ।
बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले सो कुरालाई संकेत गरेका छन् ।
प्रधानमन्त्री ओली अन्य दलहरुसँग छलफल गरेर राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । ज्ञवालीले भने,‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन ।’
ओली पक्षको स्थायी समिति बैठक भोली समेत बस्ने बताइएको छ ।
प्रतिक्रिया