काठमाण्डौ । नेपाली काँग्रेसले संसद पुनस्र्थापनाको फैसला पश्चात पदाधिकारी बैठक बोलाएको छ ।
काँग्रेसका एकजना केन्द्रिय पदाधिकारीले दिएको जानकारी अनुसार बिहीबार दिउँसोका लागि सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बोलाइएको हो ।
बैठकमा वर्तमान पदाधिकारीका साथै पार्टीका पूर्वपदाधिकारीलाई समेत बोलाइएको ती नेताले जानकारी दिए । आजको बैठकमा संसद विघटनको निर्णय बदर भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया