काठमाण्डौ । अब नेपालबाट भारत भ्रमणमा जाने यात्रुलाई कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
पीसीआर परिक्षण पश्चात नेगेटिभ रिजल्ट आएको भए सो रिर्पोट अनलाइनमा अपलोड गरी मात्र भारत भ्रमण गर्न भनिएको छ । अन्यथा रोक लगाइने छ ।
अनलाइन अपलोड नै नगरी यात्रा गरेमा यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फ्याम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट भारतका लागि अहिले भने नेपाल एयरलाइन्स र एयर इण्डियाले उडान गरिरहेका छन् ।
भारतले यसअघि भने पीसीआर रिर्पोट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा प्रवेश अनुमति दिने गरेको थियो । तर, अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ । यात्रुले अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।
अर्कोतर्फ पीसीआर रिर्पोट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिर्पोट समेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।
यात्रुले यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेवसाइटमा गएर अपलोड गर्न सक्ने छन् ।
प्रतिक्रिया