ताजा समाचार


पर्सामा चितुवाको आक्रमणबाट एकजना घाइते

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १०: २४ मा प्रकाशित




पर्सा । पर्सामा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय कुलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले उनको घरभित्र पसेर उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब साढे ८ बजेको समयमा घरभित्र बसेर आगो तापिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले जानकारी दिए ।

मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top