ताजा समाचार


विवेकशीलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १०: ११ मा प्रकाशित




काठमाण्डौ । विवेकशील साझा पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामाको माग गरेको छ ।

संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै सो पार्टीले अब राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनुपर्ने माग गरेको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि वक्तव्य जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुलाई तत्कालै राजीनामा दिनुपर्ने बताएको छ ।

सो पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा ‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने माग गरिएको छ ।

संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने आवश्यकता रहेको विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top