ताजा समाचार


दाहाल-नेपाल समूहको विरोध खुशियाली सभामा परिणत

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, ०९: ५३ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आफ्ना विरौध कार्यक्रमलाई खुशियालीमा परिणत गरेको छ ।

मंगलबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएसँगै सो समूहले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरुलाई खुशियाली सभामा परिणत गरेको हो ।

संसद विघटनको विरोधमा चौथो चरणको आन्दोलनमा रहेको दाहाल-नेपाल समूहले आज जिल्ला सदरमुकामहरुमा खुशियाली सभा गर्न लागेको बताइएको छ ।

जनकपुरधाममा पनि आज खुशियाली मनाइने नेकपा दाहाल-नेपाल समूहका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top