ताजा समाचार


ओली समूहको स्थायी कमिटी बैठक बस्दै

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, ०९: ३९ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपश्चातको परिस्थितिबारे छलफल गर्न सो समूहले बिहान ११ बजे बैठक बोलाएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

यससँगै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया हिजो नै सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top