ताजा समाचार


दाहाल-नेपाल समूहले बोलायो संसदीय दलको बैठक

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, ०९: १६ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने उनले बताए ।

दाहाल-नेपाल समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही समेत गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top