ताजा समाचार


सर्वाेच्चको निर्णयलाई स्वागत गर्दै जसपाद्वारा जनकचोकमा दीप प्रज्वलन

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १९: ३५ मा प्रकाशित




जनकपुरधाम । संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला जनताको हितमा रहेको भन्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

सर्वोच्च अदालतले मंगलबार साँझ गरेको संसद पुनस्र्थापनाको स्वागत गरिएको हो । जनता समाजवादी पार्टी नेपालले स्थानीय जनकचोकमा दीप प्रज्वलन गरि दीपावली मनाएका हुन् ।

जसपाका नेता कार्यकर्ताहरुले संसद पुनस्र्थापनाको निर्णयलाई स्वागत गर्दै र मैनवत्ति बालेर दीपावली मनाएका छन् । संसद पुनस्थापनाको खुशीमा कार्यकर्ताहरुले न्यायालयलाई धन्यवाद दिएका थिए ।

नारामा ‘हिप हिप हु¥रे, चुनाव चिन्ह सुर्य’, ‘यो जित कसको जनताको, यो हार कसको ओलीको’ ‘नेपाली जनता हाई हाई, केपी ओली बाईबाई’ लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top