एजेन्सी । इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बार्डले गर्न लागेको नयाँ फेन्चाइज क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ आगामी जुलाई २१ बाट हुने भएको छ ।
एक सय बलको प्रतियोगिताको उद्घाटनमा महिला तर्फको खेल हुनेछ । जसमा ओभल इन्भिसिबल्स र म्यानचेस्टर ओरिजिनल्स प्रतिस्पर्धा गर्नेछन् । पुरुष तर्फ जुलाई २२ मा पनि ओभल इन्भिसिबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच प्रतिस्पर्धा हुनेछ । ओभलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध छन् । उनलाई क्लबले १ लाख पाउन्डमा भित्र्याएको हो ।
फाइनल खेल अगस्ट २१ मा लड्समा खेलिने छ । अघिल्लो वर्ष नै हुने तय भएको प्रतियोगिता कोराना भाइरसका कारण १ वर्ष पछाडि धकेलिएको हो ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । डबल राउन्ड रोविनका आधारमा हुने लिगको शीर्ष स्थानको टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया