ताजा समाचार


प्रधानमन्त्री ओलीको असफलता र स्वेच्छारिताको अन्त्यका लागि चूनाव आवश्यक : अध्यक्ष थापा

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १६: २६ मा प्रकाशित




हटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा निर्वाचन आवश्यक भएको बताएका छन् ।

आज मकवानपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यका निमित्त निर्वाचन आवश्यक भएको बताए ।

चुनावपछि ओलीको स्वेच्छाचारिता अन्त्य हुने अध्यक्ष थापाले जिकिर गरे । उनले भने,‘पछिल्लो राजनीतिक घटनाक्रमबाट मुलुक गम्भीर संकटमा पर्नसक्ने भएकोले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने आवश्यकता छ ।’ गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनुपर्ने उनको धारणा थियो ।

संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्च अदालतले थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उपयक्त हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top