ताजा समाचार


धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १५: ३३ मा प्रकाशित




जनकपुरधाम । धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी बस्ने एकजना टेन्ट ब्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेका छन् ।

जिल्लाको जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा साढे २५ लाख हुण्डी रकमसहित भारततर्फ जाँदै गर्दा उनीहरुलाई जटही नाकाबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक रानाभाटले बताए ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलबाट पक्राउ परेका रकम सहित दुबै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top