सप्तरी । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित सप्तरीबाट दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको प्रहरीले जनाएको छ । बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँचको क्रममा उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरुले सो रकमको स्रोत खुलाउन नसकेकेले दुबै जनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको उनले बताए ।
त्यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट १ किलो ३९ ग्राम अवैध चाँदीसहित एकजना भारतीय नागरिक समेत पक्राउ परेका छन् । भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेका चाँदीसहित भारत बिहार राज्यको मधुवनी जिल्लास्थित भरपुरी बस्ने २६ वर्षीय जोसिम आलमलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
चाँदीसहित पक्राउ परेका आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको उनले बताए ।
प्रतिक्रिया