ताजा समाचार


एक वर्षीया शिशुको हत्या गरेको आरोपमा आमाबुवासहित ५ जना पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १४: १० मा प्रकाशित




बुटवल । रुपन्देहीमा एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले उनका आमाबुवासहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका–३ हरहरवामा शिशुको हत्या गरि खोलामा गाडेको अवस्थामा शव बरामद भएको थियो ।

शिशुकी २१ वर्षीया आमा प्रेमा यादव र २२ वर्षीय पिता राजकुमार यादवलगायत अन्य ३ जना मिलेर हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो शिशुको हत्या गरेको आरोपमा प्रहरीले शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

हरहरवास्थित घरबाटै शिशुकी आमा प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, पिता राजकुमार यादव र लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आफन्तले शव खोलामा गाडेको खबर पाएपछि प्रहरीले दानव खोलानजिकैबाट शिशुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताए ।

बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top